इरानले गर्याे खाडी र मध्यपूर्वका देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा जवाफि हमला

काठमाडौं । अमेरिका र इसराइलकाे हमला पछि इरानले खाडी र मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा लक्ष्य गरेर जबाफी हमला गरेको छ।

शनिबार बिहान इसराइलबाट इरानको राजधानी तेहरान लगायतका ठाउँहरूमा हमला भएको थियो। हमलाको केही पछि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकाले हमला गरेको बताएका थिए।

जबाफमा इरानले इसराइलमा दर्जनौं ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो।

इरानले कतारमा रहेको अल उदैद हवाई अड्डा, कुवेतको अल-सालेम हवाई अड्डा, युएईको अल धाफ्रा एयर बेस, बहराइनस्थित नौसेना अड्डामा हमला गरेकाे छ।

यसबाहेक मध्यपूर्वका बहराइनमा रहेको अमेरिकी नौसेनाको अड्डा र उत्तरी इराकमा रहेको अमेरिकी आधार शिविरलाई पनि लक्ष्य बनाएको भनेर सिएनएनले लेखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here