तोलामा ५ हजार ६ सयले बढ्याे सुन

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको हाे । अघिल्लो दिन सुन ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनसँगै चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला २४५ रुपैयाँ बढेर ५ हजार ९८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here