काठमाडौं । इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाकाे मृत्युु भएको छ।
संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदन अनुसार आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक/एक गरी कूल तीन जना विदेशी नागरिकले ज्यान गुमाएका छन् ।
मृत्यु हुनेहरूको परिचय भने अहिलेसम्म मन्त्रालयले खुलाएको छैन । रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरिसकेको छ ।
यस आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तान लगायत १५ विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन् । घाइतेहरूको अवस्था खतरामुक्त रहेको बताइएकाे छ।

























