काठमाडौं । नेपाल आयल निगमले २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका क्रममा विभिन्न प्रादेशिक कार्यालय तथा डिपो खुला रहने भएको छ ।
सरकारले निर्वाचनका लागि २० देखि २२ फागुनसम्म देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेका सन्दर्भमा इन्धनको सहज उपलब्धता सुनिश्चित गर्न निगमले यस्तो विशेष व्यवस्था गरेको हो ।
निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर फागुन २२ र २४ गते खुला रहने छ भने मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज फागुन १९, २० र २३ गते सञ्चालनमा आउने छ ।
त्यसैगरी बाग्मती प्रादेशिक कार्यालय थानकोटले बिदाकाे दिन १८ फागुनमा पेट्राेलियम पदार्थ बिक्री गर्ने छ भने २० र २३ गते खुला रहने छ । गण्डकी प्रादेशिक कार्यालय पोखरा फागुन २०, २३ र २४ मा खुला रहनेछ भने लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा भने फागुन १७, १८, २० र २३ गते सञ्चालन हुने निगमले जनाएको छ ।
यसैगरी कर्णाली प्रादेशिक कार्यालय सुर्खेत फागुन १८ र २० गते तथा सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी फागुन १९, २० र २२ गते खुला रहने छ ।
अन्य डिपो तथा शाखाका हकमा धनुषा महेन्द्रनगर इन्धन डिपो फागुन २२ र २४ गते, नेपालगञ्ज डिपो २० र २२ गते, झापा चारआली शाखा २२ र २४ गते तथा वीरगञ्ज शाखा कार्यालय फागुन २०, २२, २३ र २४ गते खुला रहनेछन् ।























