काठमाडौं । इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स(युएई)मा मारिएका नेपाली नागरिकको परिचय खुलेको छ । अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मृतक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको छन्। युएईकाे विदेश मन्त्रालयबाटद जानकारी प्राप्त भएको बताइएकाेछ।।
‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक श्री दिवस श्रेष्ठ (वर्ष २९, घर गोर्खा जिल्ला) को दु:खद निधन भएको सम्बन्धमा युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,’ राजदूतावासले भनेको छ ।























