काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंगलबार पनि उकालो लागेको छ ।
सोमबार तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको सुन आज फेरि २ हजार ५ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
सोमबार सुन तोलामा ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता मंगलबार चाँदी भने घटेको छ । सोमबार ३५ रुपैयाँ बढेको चाँदी आज २ सय ५ रुपैयाँले घटेको छ ।
अघिल्लो दिन तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८ सय १५ रुपैयाँ कायम छ ।























