काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताले विश्वास गरेर आफ्नो पार्टीले निर्वाचनमा जित्ने बताएका छन् ।
मतदान गरेपछि उनले जनताले विश्वास गरेर आफुहरुले जित्ने बताएका हुन्।
उनले केही कतै पैसा बाँडेको भन्ने सुनेको र त्यो आफ्नै क्षेत्रमा पनि सुनिएको उनले बताए । घिसिङले बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
घिसिङ काठमाडौं-३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन्।



























