काठमाडौं, २१ कात्तिक । बालबालिका अनलाइन गेमको लतमा फसेको निष्कर्ष निकाल्दै चीनले नयाँ रणनिती अपनाएको छ ।
बालबालिकाको स्वास्थ्यको लागि भिडियो अनलाइन गेम हानिकारक भएका भन्दै चिनियाँ सरकार गेम खेल्ने समयमा प्रतिबन्ध लगाएको छ ।
चीन सरकारले सार्वजनिक गरेको सरकारी निर्देशनमा १८ वर्षभन्दा कम उमेरका समूहलाई राति १० बजेदेखि बिहान ८ बजेको बीचमा अनलाइन गेम खेल्न प्रतिबन्ध लगाएको हो ।
उनीहरुलाई हप्तामा ९० मिनेट र बिदाको दिन तीन घण्टासम्म अनलाइन गेम खेल्न अनुमति दिइएको बीबीसीले जनाएको छ ।
त्यसबाहेक सामान्य दिनमा डेढ घण्टा र सप्ताहान्त तथा बिदाका बेला तीन घण्टा मात्र अनलाइन खेलको मजा लिन पाउने व्यवस्था मिलाउन लागेको बताइएको छ।
अनलाइन खेलका हिसाबले चीन विश्वको सबैभन्दा ठूलो बजारमध्ये एक हो। सार्वजनिक सरकारी निर्देशनमा त्यस्ता खेलमा बालबालिकाहरूले गर्ने खर्च समेत तोकिएको छ।
अनलाइन गेमका लागि उनीहरुले कति खर्च गर्न पाउने भन्ने पनि सीमा तोकिएको छ । अब ८ देखि १६ वर्ष उमेरका बच्चाले प्रति महिना २ सय युआन र १६ देखि १८ वर्ष सम्मकाले आफ्नो गेमिङ खातामा ४ सय युआनसम्म खर्च गर्न पाउनेछन् ।
भिडिओ गेमका कारण बालबालिका तथा युवामा पर्ने असरलाई चीनले कडा रूपमा आलोचना गर्दै आएको छ।
अत्यधिक खेलका कारण बालबालिकाको नजिकको हेर्ने क्षमता कमजोर हुँदै गएपछि सन् २०१८ मा चीन सरकारले अनलाइन खेललाई नियमन गर्ने निकाय गठन गर्ने घोषणा गरेको थियो।
विश्व स्वास्थ्य सङ्गठनले गत वर्ष अनलाइन खेलको लतलाई ‘गेमिङ डिसअर्डर’ को रूपमा सूचीकृत गर्दै पहिलो पटक त्यसलाई मानसिक स्वास्थ्यको स्थितिका रूपमा परिभाषित गरेको थियो। वर्ष गेमको बजारमा अमेरिकाको कमाइले चीनको कमाइ पछि पारेको रिसर्च फर्म न्यूजले जनाएको छ ।