सुनको भाउ बढ्यो, कति छ आज ?

काठमाडौं, २१ कात्तिक । नेपाली बजारमा सुनको मुल्य बढेको छ । अघिल्लो दिनको तुलनामा विहिवार सुन तोलामा ४ सय रुपैंयाँले बढेको हो ।

बुधबार तोलामा ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य विहिवार तोलाको ७० हजार ६ सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरि बुधबार तेजावी सुनको मुल्य ७० हजार ३०० रुपैंयाँमा कारोबार भै रहेको छ । त्यस्तै चाँदी ८५० रुपैंयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदीको मूल्य प्रतिातोला ८ सय ४५ रुपैयाँमा कारोवार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here