सिपयुक्त जनशक्ति निर्माण गर्न ५ वर्षे रणनीतिक योजना निर्माण गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री साहको निर्णय

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहले सिपयुक्त जनशक्ति निर्माण गर्न ५ वर्षे रणनीतिक योजना निर्माण गर्ने निर्णय गरेका छन् ।

शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि रणनीतिक योजना निर्माण गर्ने पहिलो निर्णय गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सिपयुक्त जनशक्ति निर्माण गर्न ५ वर्षे रणनीतिक योजना निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

प्रतिष्ठानले तयार पारेको ‘रणनीतिक योजना २०२६–३१’ ड्राफ्टमा उनले हस्ताक्षर गरेर एक महिनाभित्रमा तयार पारिसक्ने निर्णय गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here