राष्ट्रिय बीमा कम्पनीमा रोजगारीको अवसर,कुन पदमा कति माग ? (सूचनासहित)

काठमाडौं, २२ कात्तिक । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले कम्पनीको रिक्त रहेका विभिन्न पदमा ३४ कर्मचारीको माग गरेको छ ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी साताैं तहदेखि चौंथो तहसम्म विभिन्न पदमा ३३ जना कर्मचारी माग गरेको हो ।

लोक सेवा आयोगको सहमति अनुसार खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा स्थायी पदपूर्ति गर्नका लागि नायव व्यवस्थापकदेखि सहायक ‘ख’ (पशु प्राविधिक) सम्मको पदमा खुल्ला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नेगरी कर्मचारी माग गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले सातौं तहको नायव व्यवस्थापक २ जना, छैठौं तहको सहायक व्यवस्थापक ९ जना, सूचना प्रविधि अधिकृत छैठौं १ जना माग गरेको छ ।

त्यस्तै पाँचौ तहमा सूचना प्रविध सहायक १ जना स्वास्थ्य सहायक १ र सहायक ‘क’ तीनजना माग गरेको छ । चौंथो तहको सहायक ‘ख’ १४, सहायक ‘ख’ कृषि प्राविधि २ जना र पशु प्राविधिक १ जनाको पदपूर्तिको आगि आवेदन आह्वान गरेको कम्पनीले जनाएको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १२ भित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here