फेरि आकाशियो प्याजको मूल्य, पाँच वर्षकै उच्च विन्दुमा

काठमाडौं,२२ कात्तिक । नेपाली बजारमा प्याजको मूल्य फेरि उकालो लागेको छ । सरकारी स्वामित्वको कालीमाटी बजारमै थोकमा प्याजको मूल्य एक सय २७ रुपैया पुगेको छ ।

खुद्रामा भने व्यापारीहरुको आफूखुसी मूल्य एक सय ५० रुपैया भन्दा बढिमा बिक्री भै रहेको छ । यस अघि दसैंको मुखमा प्याजको मूल्य एक सय ४० रुपैयाँसम्म पुगेको थियो। तर विस्तारै ९० रुपैयाँसम्ममा झरेको थियो।

प्याजको मूल्य पाँच वर्षकै उच्च विन्दुमा पुगेको छ। २०७२ कात्तिक २१ गते प्याजको खुद्रा मूल्य ७० रुपैयाँ प्रतिकिलो थियो। २०७३ कात्तिक २१ मा ३५, २०७४ कात्तिक २१ मा ८५ र २०७५ कात्तिक २१ मा ५५ रुपैयाँ प्रतिकिलोमा प्याज बिक्री भएको थियो।

त्यस्तै आलुको भाउ भने ओरालो लाग्ने क्रम जारी छ । रातो नयाँ आलु र भारतिय आलुको मूल्यमा कमी आएको छ । ११० रुपैयाँसम्म कारोबार भएको रातो नयाँ आलुको मूल्य ५४ रुपैयाँ प्रतिकिलोमा झरेको छ ।

५५ रुपैयाँमा किनबेच भएको भारतिय आलुको मूल्य ३४ रुपैयाँ प्रतिकिलोमा झरेको छ । नयाँ आलुको उत्पादनमा बृद्धि भएसंगै आलुको मूल्यमा कमी आएको समितीले बताएको छ ।
अन्य तरकारीहरुमा लौका, स्कुस, पालुगो साग, चम्सुर साग, मेथीको साग, हरीयो प्याज, डल्ले च्याउ, हरीयो खुर्सानी आदी तरकारीहरुको मूल्य सामाय रुपमा नै घटबढ भै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here