व्यवसायी रुप ज्योतिलाई अदालत पेश गरिँदै,मुद्दाको प्रतिरक्षा आफै गर्ने

काठमाडौं, २४ कात्तिक । ठगी मुद्दामा पक्राउ परेका व्यवसायी तथा पूर्व अर्थ सहायक मन्त्री डा. रुप ज्योतिलाई जिल्ला अदालतमा पेश गरिँदैछ।

बहस काठमाडौं जिल्ला अदालतको ११ नम्बर बेन्चमा हुँदैछ । रुपज्योतिले वकिल नराखि आफै प्रतिरक्षा गर्ने भएका छन्।

वहस कानुन व्यवसायीले मात्रै गर्न पाउँने भएर केहि वकिलहरु तयार भएका छन् । भने आफ्नो मुद्दाको आफै प्रतिरक्षा आफैले गर्ने भएका छन् ।

राजधानीको बाँसबारीस्थित एक जग्गा विवादका कारण गत बिहिबार सिंगापुरबाट नेपाल फर्केलगत्तै ज्योतीलाई प्रहरीले विमानस्थलमा पक्राउ गरेको थियो ।

प्रहरीले शुक्रबार ज्योतीलाई म्याद थपका लागि जिल्ला अदालत पेश गरेको थियो । प्रहरीले पाँच दिनको म्याद मागे पनि अदालतले ३ दिनको म्याद दिएको थियो ।

ज्योतिले शुक्रबार पनि न्यायधीशसँग आफु पक्राउ पर्नुको कारण सोध्दै न्यायलयलाई सघाउन प्रहरीले खोज्दाखोज्दै पनि सिंगापुरबाट नेपाल आएको बताएका थिए ।

यो पनि ।

किन थपियो ‘प्रतिष्ठित’ व्यापारी रुप ज्योति र छोरीमाथि तीन दिनको म्याद,काण्ड के हो ?

रुप ज्योति र छोरी सूरुचीलाई तीन दिन हिरासतमा राख्न आदेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here