प्रतितोला ११०० रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, २४ कात्तिक । आइतवार छापावाल सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतवार ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

आइतवार तेजावी सुनको मूल्य पनि ११ सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य शुक्रवार ७० हजार ७ सय रुपैयाँ पुगेको महासंघले बताएको छ ।

आइतवार चाँदीको मूल्य पनि बढ्यो ।

अघिल्लो दिन प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आइतवार ५ रुपैयाँले बढ्दै प्रतितोला पनि ८ सय ४० रुपैयाँ पुगेको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here