शाओमीको नयाँ स्मार्टफोन रेडमी ८ र रेडमी ८ ए नेपालमा

काठमाडौं, २५ कात्तिक । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले दुईवटा नयाँ स्मार्टफोन रेडमी ८ र रेडमी ८ ए सार्वजनिक गरेको छ । रेडमी ८, लोकप्रिय रेडमी सिरिजको लाइनअपमा सबैभन्दा नयाँ स्मार्टफोन हो ।

सनसेट रेड, ओसन ब्लू र मिडनाइट ब्लाक कलर भेरियन्टमा उपलब्ध रेडमी ८ ए २ जीबी प्लस ३२ जीबी को मुल्य ११ हजार नौ सय ९९ रुपैयाँ रहेको छ भने र ३ जीबी प्लस ३२ जीबीको मुल्य १२ हजार नौ सय ९९ रहेको कम्पनीले जनाएको छ।

यस्तै ओनयक्स ब्लाक, रुबी रेड र सेफ्रायर ब्लु कलरमा रहेको ४ जीबी प्लस ६४ जीबी भेरियन्टकोे रेडमी ८ को मुल्य १४ हजार नौ सय ९९ रुपैयाँ रहेको छ।

रेडमी ८ सिरिजको स्मार्टफोनमा १२ एमपी डूअल क्यामेरा सेटअप रहेको छ भने रेडमी ८ ए, सिरिजमा ५१२ जीबीसम्मको एक्पान्डेबल मेमोरी रहेको छ र दुवै फोनमा ५००० एमएएच ब्याट्री रहेको कम्पनीले जनाएको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीलहामी रेडमी ८ र रेडमी ८ ए नेपालमा ल्याउन पाउँदा निकै खुसी भएको र एक ब्राण्डको रुपमा हाम्रा ग्राहकहरुका लागि सुलभ मुल्यमा नविनतम प्रविधि प्रदान गर्नमा विश्वास राख्ने बताए।

दुवै फोनहरु नोभेम्बर ११ तारिकबाट सम्पूर्ण एमआईका अधिकृत पार्टनर, दराज डट कम डट एनपी र सस्तो डिलमा उपलब्ध हुनेछ ।

रेडमी ८ः

रेडमी ८ मा ४ जीबी र्याम र ६४ जीबी इन्टिरनल स्टोरेज रहेको छ। रेडमी ८ को रियरमा एआई डूअल क्यामेरा सेटअप रहेको छ जसमा १२ एमपी प्राइमेरी सेन्सर र डेडिकेटेड २ एमपी डेप्थ सेनसर रहेको छ।

रेडमी ८ को फन्टमा विभिन्न पोट्रेट सेल्फी खिच्न मिल्ने एआई पोट्रेट मोडसहित ८ एमपी क्यामेरा रहेको छ।

रेडमी ८ लाई सुन्दर औरा मिररले फिनिसिंग गरिएको छ। सहज सुविधाका लागि रियरमा फिन्गरप्रिन्ट सेन्सर राखिएको छ र यसले एआई फेस अनलक पनि सपोर्ट गर्दछ।

रेडमी ८ एः

रेडमी ८ए ले २ प्लस १ डूअल सिम सल्ट र डेडिकेटेड माइक्रो एसडी कार्ड सपोर्ट गर्दछ।

रेडमी ८ए को सबैभन्दा महत्वपूर्ण अप्ग्रेड फ्रन्ट क्यामेरा हो। यसमा १२ एमपी सोनी आइएमएक्स३६३ सेन्सर रहेको छ।

१२ एमपी क्यामेरामा रहेको छ। रेडमी ८ए को फ्रन्टमा ८ एमपी सेल्फी क्यामेरा रहेको छ र दुवै फ्रन्ट र रियर क्यामेराबाट एआई पोट्रेट मोड सट लिन सकिन्छ। दुवै फोन सोमबारबाट सम्पूर्ण एमआईका अधिकृत पार्टनर, डराज र सस्तो डिल लगायतका स्टोरमा किन्न सकिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here