क्यान्सर पिडितलाई सहयोग रकम हस्तान्तरण

पप्पु गुरुङ्ग, दोधारा, २६ कात्तिक । सनसेटले माहाकाली नगरपालिका एक क्यान्सर पिडितलाई नगद रकम सहयोग गरेको छ ।

माहाकाली नगरपालिकामा गठित सनसेट युथ भोलेन्ट्रि ग्रुपले नगरपालिका वडा नं. ६ निवासी क्यान्सर पिडित ३१ वर्षीय सन्दीप गुरुङ्गलाई उपचार्थ रु. ३५ हजार १ सय २५ रुपैयाँ चेक सहयोग गरेको सनसेट युथ भोलेन्ट्रि ग्रुपका संयोजक रमेश भण्डारीले जानकारी दिए ।

एक वर्ष देखी मुखमा क्यान्सर देखिए पछि आर्थिक अवस्था दयनिय रहेको सन्दीपको घरमा पुगेर क्यान्सर पिडितका भाउजु जयकला गुरुङ्गलाई रकम हस्तान्तरण गरिएको छ् ।

सनसेटले माहाकाली नगरपालिका क्षेत्रमा भैली, देउसी तथा राहत संकलन गरि उक्त रकम संकलन गरेको माहाकाली नगरपालिका वडा नं. ६ का अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छन् ।

युवाहरुले बिगत लामो समय देखी माहाकाली नगरपालिकाको समृद्धि तथा बिकास कार्यमा सघाउदै आएको माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

‘सनसेटका युवाहरुले निकै प्रशंसनिय कार्य गरेका छन्’ माहाकाली नगरपालिका वडा नं. ६ का अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता सिजालीले भने ।

दिपावलीको अवसरमा सनसेटका युवाहरुले राहत संकलन गरि आर्थिक अवस्था दैनिय रहेको क्यान्सर पिडित सन्दीप गुरुङ्गलाई सहयोग गरेको माहाकाली नगरपालिका क्षेत्रमा उल्लेखनिय कार्य बताउदै बिगतका दिन देखी नसेट युथ भोलेन्ट्रि ग्रुपले सामाजिक कार्यमा निकै सकारात्मक कार्य गर्दैै आएको माहाकाली नगरपालिका वडा नं. ६ का अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता सिजालीले बताए । आर्थिक अवस्था दैनिय रहेको भनिएको क्यान्सर पिडित सन्दीप चितवन अस्पतालमा उपचारको क्रममा रहेका छन् ।

उपचार गर्दा आर्थिक अवस्था निकै दयनिय हुदै आएको सन्दीपलाई सनसेटका युवाहरुले प्रशंसनिय योग्य काम गरेकोमा क्यान्सर पिडितका भाउजू जयकला गुरुङ्गले सबैलाई धन्यबाद दिएका छन् । ‘सबै युवाहरुलाई धन्यबाद’ सन्दीपका भाउजु जयकला गुरुङ्गले भने ।

चेक हस्तान्तरण कार्यक्रममा माहाकालीस नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, संजवनी नेपालका कार्यक्रम संयोजक अमिर तिरुवा, सनसेट युथ भोलेन्ट्रि ग्रुपका संयोजक रमेश भण्डारी तथा सनसेटका पदाधिकारी तथा स्थानियहरुको सहभागिता रहेको थियो ।

विभिन्न सामाजिक कार्यमा आबद्ध युवाहरुलाई एकिकृत गर्दै उक्त अभियानको थालनी गरिएको छ् । समाजमा रहेका विकृति विसङ्गतीहरुलाई निरुत्साहित पार्दै सकारात्मक परिवर्तनका साथै युवाहरुलाई विभिन्न सामाजिक कार्यमा सक्रिय बनाउनका उक्त अभियानले प्रमुख भूमिका खेल्ने बताइएको छ् ।

बाढी तथा विभिन्न प्राकृतिक प्रकोपबाट पीडित जनताहरुको समस्या समाधान र सहयोगका लागि सरकारी निकाय संग समन्वय गर्नका लागि अभियानको उल्लेखनीय भूमिका खेल्ने र अहिले परिवर्तनका लागि माहाकालीमा युवा अभियान थाल्ने अभियानका एक अभियन्ता पुनम थापा मगरले जानकारी दिएका छन् ।

पछिल्लो समयमा देशमा सामाजिक सेवाको नाममा कमाउ धन्दा हाबी हुदै गइरहेका बेला विशुुद्ध गैरनाफामूलक यस अभियानले समाजमा केही सकारात्मक सन्देश दिने बताईएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here