शेयर बजार पुन ओरालोतर्फ, नेप्से साढे ५ अंकले घट्दा ३८ करोडको कारोबार

काठमाडौं, २६ कात्तिक । सोमवार १४ अंकले बढेको शेयर बजार मंगलवार पुन ओरालो लागेको छ । मंगलवार नेप्से परिसूचक ५.६१ अंकले घटेर १ हजार १ सय ३९.९६ अंकमा झरेको छ ।

मंगलवार ‘क’ वर्गका कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स ०.७३ अंकले घटेर २ सय ५१.५७ अंकमा झर्यो ।

मंगलवार कारोबारमा आएका मध्ये उत्पादन समुह बाहेक अन्य सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनीको सूचक घट्यो । निर्जीवन बिमाको सूचक १.३३ अंकले घट्यो । त्यस्तै विकास बैंकको ०.८४ प्रतिशत, होटल र लघुवित्त समुहको समान ०.७३ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

नेप्से घटेपनि मंगलवार कारोबारमा भने कमी आएन् । मंगलवार १ सय ६१ कम्पनीको १० लाख ८२ हजार ८ सय १५ कित्ता शेयर किनबेच हुँदा ३७ करोड ९८ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै हिमालयन डिस्टीलरी लिमीटेडका शेयर धनीले कमाए । डिस्टीलरीको शेयर मूल्य ७.५४ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा जोशी हाईड्रोपावर डेभलभमेन्ट लिमीटेडका शेयर धनी छन् । जोशी हाईड्रोपावरको शेयर मूल्य ५.०४ प्रतिशत घट्यो । त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ४.९९ प्रतिशत, नयाँ नेपाल लघुवित्त विकास बैंकको ४.२८ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टीलरी लिमीटेडले गर्यो । डिस्टीलरीले ६ करोड ९७ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here