नदी नै रक्ताम्य हुनेगरि किन मारियो ४७ हजार सुँगुर एकैपटक ?

काठमाडौं । दक्षिण कोरिया सरकारले एकैपटक ४७ हजार भन्दा धेरै सुँगुर मारेको छ ।

अफ्रिकन स्वाइन फ्लु फैलिन सक्ने खतराका भएका कारण दक्षिण कोरिया सरकारले ४७ हजार सुँगुरलाई मार्न आदेश दिएको थियो। प्रशासनको आदेशअनुसार एउटा डम्पिङ साइटमा सुँगुरहरु मारिएका थिए। डम्पिङ ग्राउन्डमा मारिएको यी सुँगुरको रगत भने उत्तर र दक्षिण कोरियाको सिमानामा पर्ने एक नदीमा मिसीएर नदी नै रात्तामै भएको छ ।

वर्षाका कारण मारिएका सुँगुरको रगत सानो नदी इमजिनमा मिसिएपछि नदी रातो भएको हो। नदीमा बगेको रगतका कारण अन्य जनावरहरुलाई पनि खतरा हुने सम्भावना रहेको बताएका छन् स्थानीय अधिकारीहरुले बनाएका छन्।

सुँगुरहरुलाई मार्नुभन्दा पहिले उपचार गरिएको अधिकारीहरुको भनाइ छ। मारिएका सुँगुर डम्पिङ साइटमा ट्रकभित्रै छोडिएको थियो। सुँगुरहरुलाई गाड्नका लागि बनाउन लागिएको प्लास्टिकका कन्टेनर बनाउन ढिलाइ भएका कारण खुलै छोडिएको थियो।

(बीबीसी )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here