उत्पादन वृद्धि गर्ने उद्देश्यले किसानलाई गहुँको बीउ वितरण

पप्पु गुरुङ्ग, दोधारा, २८ कात्तिक । गहुँकोे उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ माहाकाली नगरपालिका कृषि शाखा कार्यालयले किसानलाई अनुदानमा उन्नत जातको गहुको बीउ वितरण गरेको छ ।

माहाकाली नगरपालिका क्षेत्रमा उत्पादन बृद्धि गर्ने उद्धेश्यले गहुको मुल बिउ र उन्नतजातको बिउ बितरण गरेको माहाकाली नगरपालिका कृषि शाखा कार्यालयलका शाखा प्रमुख कमलापती भट्टले जानकारी दिए ।

शाखाले वडा अध्यक्षको सिफारिस गरिएको किसान, कृषि समुह तथा मेहनती किसानहरुलाई अवश्यकता अनुसार गहुँको बिभिन्न जातको बिउ अनुदानमा बितरण गरिएको कृषी शाखाले जनाएको छ् ।

१६ कुन्टल मुल बिउमा गौतम, बिजया, गौतम, आदित्या लगाएत जातका मुल बिउ बितरण गरिएको बताईएको छ् । यस्तै उन्नत जातमा गौतम, गंगा, एनएल लगाएत जातका ८० कुन्टल र प्रदेश सरकारको तर्फबाट ३८ कुन्टल उन्नत जातका गहुको बिउ बितरण गरिएको छ् ।

बिगत लामो समय देखि माहाकाली नगरपालिकाका किसानहरुले भारतबाट गहुको बिउ खरिद गर्दै आएका थिए । भारतबाट खरिद ल्याईएको बिउमा समस्या देखिदै आएको किसानहरुको गुनासो रहदै आएको थियो ।

गहुँ उत्पादनको पकेट क्षेत्र मानिने माहाकाली नगरपालिका क्षेत्रमा गहुको उत्पादनलाई वृद्धि गर्ने उद्देश्य सहित अनुदानमा गहुको बिउ वितरण गरिएको माहाकाली नगरपालिका कृषी शाखा कार्यालयका शाखा प्रमुख कमलापती भट्टले बताएका छन् ।

परम्परागत जातका गहुको बिउलाई विस्थापित गर्दै किसानलाई यस अझै सम्मको किसानलाई उच्च सहयोग गरेको किसानहरुले बताएका छन् । ‘कृषि उत्पादनका लागी बिउ गुणस्तरीय हुनुपर्छ, बाहिरबाट बिउ खरीद गर्दा कमजोर पनि पर्न सक्छ’ माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताए– ‘सहुलियतमा उन्नत जातको गहुको बिउ वितरण गर्दा धेरै कृषक उत्साहित हुनुभएको छ् ।’

किसानलाई गहुको खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले माहाकाली नगरपालिका गम्भिर हुदै आएको उनको भनाई रहेको छ् । अनुदानमा गहुको बिउ प्राप्त गरेपछि माहाकाली नगरपालिकाका कृषक खुशी भएका छन् । सिमावर्ती भारतिय बजारमा गहुको बिउ खरीद गर्दा महंगो पर्ने तथा बीउ गुणस्तरीय नहुने माहाकाली नगरपालिका वडा नं. ८ का स्थानिय भुपेन्द्र ओलीले बताएका छन् । ‘

माहाकाली नगरपालिका कृषी शाखा कार्यालय र प्रदेश सरकारको सहयोगबाट अनुदानमा बिउ दिएपछि हामीलाई सजिलो भयो, खुशी लागेको छ्’ स्थानिय भुपेन्द्र ओलीले भने– ‘यो वर्ष गहु उत्पादन बढ्छ् ।’ किसानलाई बीउ वितरण गर्दै कृषी शाखाले उत्पादन किसानलाई व्यवसायीक गहु उत्पादन गर्न आग्रह गरेको छ् ।

कृषिबाट मात्रै आर्थिक विकास हुन सक्ने भन्दै कृषि उत्पादन बढाउन किसानलाई उन्नत जातको गहुको बिउ अनुदानमा वितरण गरिएको हो ।

गहुको बिउको माग अत्याधिक रहेको भन्दै माग अनुसार किसानलाई गहुको बिउ पु¥याउन हम्मे–हम्मे परेको माहाकाली नगरपालिका कृषी शाखा कार्यालयले जनाएको छ् । आफैले उत्पादन गरेको र परम्परागत बिउको प्रयोगले उत्पादन घट्ने र मेहनत बढी लगाउनु पर्ने भएकाले नया“–नया“ बिउको प्रयोग गर्न र प्राङ्गारिक मल मात्र गहुमा हाल्न कृषि प्राविधिकहरुको सुझाव छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here