सन्दीप पीएसएलको महङ्गो ड्राफ्टमा, ‘प्लाटिनम’ श्रेणीमा पर्ने एक्लो नेपाली खेलाडी

काठमाडौं, २८ कात्तिक । पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट लिगका लागि नेपालका लेग स्पिनर सन्दीप लामिछाने महङ्गो ड्राफ्टमा परेका छन् ।

पीएसएलले बिहीबार सार्वजनिक गरेको ड्राफ्टमा सन्दीपसँगै प्लाटिनममा २८ जना विदेशी खेलाडी छानिएका छन् । लिगका लागि एक टोलीले पाँच जना विदेशी खेलाडी राख्न पाउनेछन् ।

ड्राफ्ट अनुसार ड्राफ्टबाट टिममा छनोट हुन सफल भएमा खेलाडीले कम्तिमा १ लाख ४७ हजार डलर (१ करोड ६९ लाख रुपैयाँ) देखि २ लाख १८ हजार डलर (२ करोड ५१ लाख रुपैयाँ) प्राप्त गर्नेछन्।

प्लाटिनमको रकम अघिल्लो वर्ष भन्दा घटाइएको हो । अघिल्लो सिजन १ लाख ६० हजार डलर देखि २ लाख ५० हजार डलर राखिएको थियो।

ड्राफ्टमा टिमहरुले ३ जना प्लाटिनम, ३ जना डाइमन्ड, ३ जना गोल्ड, ५ जना सिल्भर र २ जना इमर्जिङ क्याटागोरीमा रहेका खेलाडी आबद्ध गर्नु पर्नेछ। पीएसएलको ड्राफ्ट डिसेम्बरको पहिलो साता हुनेछ ।

पीएसएलमा लाहोर क्वालन्डर्स, इस्लामावाद युनाइटेड, कराची किङ्स, मुल्तान सुल्तान्स, पेसावर जल्मी र क्वेटा ग्लाडियर्टसले प्रतिस्पर्धा गर्नेछन् । सन्दीपले पीएसएलको अघिल्लो सिजन लाहोर क्वालन्डर्सबाट खेलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here