विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई ‘नविल हिरो’ उपाधि

काठमाडौं, १ मंसिर । विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई नविल बैंकले ‘नविल हिरो’ को उपाधिबाट सम्मान गरेको छ ।

पुर्जाको साहसिक आरोहणलाई सम्मान गर्दै बैंकले ७ लाख राशीको पुरस्कारसहित उपाधिबाट सम्मान गरेको नविल बैंकका सीईओ अनिल केशरी साहले जानकारी दिए ।

साहले समाजमा जहिले पनि उही पुरानै अनुहारलाई राष्ट्रिय हिरोका रुपमा मान्नु पर्ने अवस्थामा बैंकले नयाँ हिरो खोजी गर्ने क्रममा निम्सलाई नबिल हिरो बनाएको बताए।

आगामी दिनमा बैंकले समाजमा प्रोत्साहनमुलक काम गर्ने नेपाली नागरिकलाई प्रोत्साहन गर्दै हिरो घोषणा गर्दै जाने लक्ष्य बनाएको छ।उनले भने- ‘हरेक युवामा हिरो बन्ने क्षमता छ।’

निर्मल पुर्जा, ‘निम्सदाइ’ले विश्वका १४ वटा ८००० मिटरभन्दा अग्ला हिमालहरु ७ वर्ष ११ महिना १४ दिनको विश्व रेकर्ड मात्र ६ महिना ६ दिनमा सम्पन्न गरी नयाँ विश्वकीर्तिमान कायम गरेका थिए ।

म्याग्दीका स्थायी वासिन्दा पुर्जाले हिमाल आरोहणकै लागि ब्रिटिस सेनाको जागिर छाडेका थिए । कार्यक्रममा पुर्जाले पर्वतारोहणका क्रममा आफ्ना अनुभव बाँडेका थिए । केही वर्ष जागिरमा रहँदा उनले जीवनभर सुविधा सम्पन्न जीवन विताउन सक्थे।

तर आफ्नो सहज र सुखपूर्ण जीवन परित्याग गरेर उक्त सफलता हासिल गरेको पुर्जाले बताए।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here