अर्थशास्त्री दाहाल रहेनन

काठमाडौं ८, चैत । अर्थशास्त्री प्रा.डा मदनकुमार दाहालको शुक्रबार निधन भएको छ । उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा उनको निधन भएको हो । दाहालले केही दिन देखि प्यांक्रियाजको उपचारका लागि अस्पताल भर्ना भएका थिए । उनलाई दम (स्वासप्रश्वास) को रोग पनि थियो ।

दाहालले चार दशक देखि त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्दै आएका थिए । उनीसँग नेपालको सार्वजनिक वित्त, कर प्रणालीलगायत बृहत अर्थतन्त्रका बारेमा राम्रो ज्ञान थियो ।

भारतबाट विद्यावारिधि गरेका दाहाल अर्थशास्त्र केन्द्रीय विभागका पुर्व विभागिय प्रमुख हुन । उनले विभिन्न राष्टिय अन्तराष्टिय संघसंस्थामा योजनाकार, सल्लाहकार तथा परामर्शदातका रुपमा समेत काम गरिसकेका छन ।

अर्थशास्त्रको विषयमा उनको दर्जनौ पुस्तक तथा लेख प्रकाशित छन् । उनी नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागु गर्ने सम्बन्धमा उनले ठूलो योगदान दिएका थिए । उनी त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रिय विभागका पुर्व विभागिय प्रमुख पनि हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here