काठमाडौं, ३ मंसिर । कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप अन्तगर्त एसियाली छनोट समूह बी को पहिलो होम खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।
मंगलवार भुटानको थिम्पुस्थित चाग्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल कुवेतसँग १—० गोल अन्तरले स्तब्ध भएको हो ।
कुवेतलाई जिताउने क्रममा २८ औं मिनेटमा एल मुटवाले गोल गरेका थिए । खेल अवधिभर निकै राम्रो प्रर्दशन गरेपनि नेपालले गोल भने फर्काउन सकेन ।
घरेलु मैदानमा हुनुपर्ने खेल दशरथ रंगशालाको पुनर्निर्माण नसकिएकाले भुटानमा गरिएको हो। नेपाली भूमिमा दर्शकको साथमा खेल्न नपाए पनि अघिल्लो हारको तुलनामा नेपालको सुधारिएको प्रदर्शन भयो।
विश्वकप छनोटको समुह ‘बि’ रहेको नेपालले ५ खेलमा १ खेल जित्दै समुहको चौंथो स्थानमा रहेको छ । समुहको पहिलो स्थानमा ४ खेलमा सबै खेल जित्दै १२ अंकसहित अष्ट्रेलिया छ । दोस्रो, तेस्रो र पाँचौं स्थानमा क्रमश कुवेत, जोर्डन र चाईजिन ताईपाई रहेको छ ।