गाईको गोबरबाट बन्यो हटकेक,अमेरिकामा उच्च माग

काठमाडौं । दुध दिनेबेला सम्म मायाले पालेको गाई जब बुढी हुन्छिन, तब कृषकले उनको गलाको दाम्लो खोलिदिन्छ । गाई स्वतन्त्र त हुन्छिन्, तर उनलाई स्याहार सुहार गर्ने कोही नहुँदा छिछिदूरदूर सहनु पर्छ ।

उनी खुला सडकमा आउनु पर्छ र छाडा चौपायाका रुपमा अपमान सहनु पर्छ । तर, थोरै बुद्धि लगाउने हो भने गाईले गोबरबाट दुधले भन्दा बढी फाइदा दिन सक्छिन् । भारतमा यस्तै भएको छ ।

भारतमा गाईको गोबरबाट निर्माण भएको हटकेट अहिले निकै बिक्रि भइरहेको भारतीय संचारमाध्यमहरुले लेखेका छन् । अझ यसको माग अमेरिकामा उच्च छ ।

अनलाइन सपिङका माध्यमबाट गाईको गोबरबाट बनेको केटको बिक्रि हुने गरेको छ । एउटा केकको मूल्य ३ डलरसम्म पर्ने गरेको छ ।

वास्तवमा गाईको गोबरबाट बनेको यस्तो केक खाने प्रयोजनका लागि भने बिक्रि भएको होइन । मानिसले घरमा गाई पाल्न छाडे । तर, हिन्दु धर्मावलम्बीका लागि गाईको गोबर हरेक धार्मिक अनुष्ठानमा अनिवार्य हुन्छ ।

त्यसकारण धार्मिक प्रयोजनमा प्रयोग गर्न गाईको गोबर बिक्रि भइरहेको छ । सजिलोका लागि मात्र गोबरलाई केकको रुप दिइएको हो ।

एक सुन्दर प्याकिङमा यसलाई सजाइएको छ । विदेशमा रहने भारतीयहरु त्यहाको स्थानीय गाईलाई नभई भारतकै गाईलाई भगवानसरह मान्छन् । त्यसकारण उनीहरु भारतीय गाईकै गोबरलाई मन पराउँछन् ।

त्यसो त भारतीय आफैमा धार्मिक स्वाभावका मानिसको बाहुल्य भएको मुलुक हो । हिन्दु धर्मावलम्बीको जनसंख्या अझै धेरै रहेको छ ।

गाईको गोबरको माग अमेरिकामा बढ्न थालेको छ । हिन्दुहरुको संस्कारका लागि गोबर अनिवार्य भएकाले अमेरिकामा भारतले गोबरको बिस्कुट बेच्न थालेको हो । अहिले करोडौँ रुपैयाँको गोबर अमेरिका पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चर्चित अनलाइन अमाजोनले पनि अनलाइन मार्फत गोबर बेच्न थालेको छ । भारतमै पनि अनलाइनबाट गोबर किन्नेको संख्या बढ्न थालेको छ । विभिन्न अनलाइनले यसको बिक्री सुरु गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here