शारीरिक अपाङ्गता सहायक सामग्री परिक्षण र बितरण शिविर

पप्पु गुरुङ्ग, दोधारा, ६ मंसिर । दोधारा चाँदनीमा एक दिने शारीरिक अपांगता सहायक सामग्री परिक्षण र बितरण शिविर सम्पन्न भएको छ ।

माहाकाली नगरपालिका कार्यालयको सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघको प्राबिधिक सहयोग र आयोजनामा एक दिने शारीरिक अपांगता सहायक सामग्री परिक्षण र बितरण शिविर सम्पन्न भएको आयोजक संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरले जनाएको छ ।

माहाकाली नगरपालिका वडा नं. ६ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन भएको शारीरिक अपाङ्गता सहायक सामग्री परिक्षण र बितरण शिविर कार्यक्रम उद्धघाटनका प्रमुख अतिथी माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार रहेका थिए ।

बिशिष्ठ अतिथीमा नगर उपमेयर चिनी ओझा गिरी, अतिथीमा माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, माहाकाली नगरपालिका नगर प्रमुखका सचिवालयका सचिव देबेन्द्र सिंह नायक, नेपाल राष्ट्रिय समाज कल्याण संघका टेक बहादुर बुढा, कृष्णराज भट्ट लगाएत नेपाल राष्ट्रिय समाज कल्याण संघका प्राबिधिक टोली तथा अपांगता भएका ब्यक्तीहरुको उपस्थित रहेको थियो ।

माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले माहाकाली नगरपालिका कार्यालयले बिगतका दिनहरु देखी आपांगहरुका लागी बिभिन्न कार्यक्रम संचालन गर्दै आएको बताएका छन् ।

उनिहरुको जिवन स्तर उकास्न र मनोगतरुपमा अपांग नभएको महशुस गराउन माहाकाली नगरपालिका कार्यालयले बिभिन्न कार्यक्रम निमार्ण गर्ने माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले बताएका छन् ।

शिविरमा कृत्रिम अंग र सहायक उपकरणहरुको आवश्यकता भएकाहरुलाइ निशुल्क उपकरण बितरणको लागी नाप लिईएको नेपाल राष्ट्रिय समाज कल्याण संघका टेक बहादुर बुढाले बताएका छन् ।

शिविरमा आउन नसक्नेहरुलाई विशेष व्यवस्था गरी उपचारमा सहभागी गराईएको बताईएको छ् । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले माहाकाली नगरपालिकामा बसोबास गर्ने आपांग ब्यक्तीहरुलाई बिगत लामो समय देखी नेपाल राष्ट्रिय समाज कल्याण संघले सहयोग पुगाउदै आएको बताउदै माहाकाली नगरपालिका कार्याल संग समन्वय गरि नेपाल राष्ट्रिय समाज कल्याण संघले एक दिने शारीरिक अपांगता सहायक सामग्री परिक्षण र बितरण शिविरमा प्राबिधिक सहयोग पु¥याएकोमा नेपाल राष्ट्रिय समाज कल्याण संघलाई बिशेष धन्यबाद दिएका छन् ।

माहाकाली नगरपालिकामा बसोबास गर्ने अपांग भएकाहरुलाई आगामी दिनहरुमा माहाकाली नगरपालिका कार्यालयको योजनामा बिशेष महत्व साथ कार्यक्रम निमार्ण गर्ने माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् ।

उनले शिविरमा आएका अपांगहरुको अवस्था तथा राय लिएका छन् । शिविरमा नयाँ र पुराना गरि धेरै ब्यक्तीहरुले स्वास्थ्य सम्बन्धी परामर्श लिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरले जानकारी दिएको छ् । शिविरहरुले आर्थिक अवस्था कमजोर भएका अपांगता भएकाहरुलाई नया“ जीवन प्राप्त हुने आशा गरिएको छ् । शिविरकै अवसरमा अपांगता सम्बन्धी अभिमुखीकरण र परमर्श सेवा समेत दिइएको छ् ।

शिविरमा करिब १ सय ५० भन्दा बढी अपांगता भएकाहरु स्वास्थ्य परिक्षण साथै कृत्रिम अंगका लागी नाप लिएका छन् । अपांगता भएर गा“उ घरमै कष्टकर जीवन बाचिरहेका व्यक्तिका लागि गाउमै पुगेर सेवा दिन सहयोग गर्ने संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघका प्राबिधिक टोली प्रति खुशी ब्यक्त गर्दै माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले अपाङ्गता भएकाका लागि यो सुवर्ण अवसर भएको बताए ।

अपांगता भएका व्यक्तिलाई पनि सपांग सरह जिवन जिउनका लागि स्थानीय सरकार मार्फत पनि आवश्यक कार्यक्रम अघि बढाइने माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीको भनाई रहेको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here