‘इन्डियन आइडल’ बाट निकालिए अनु मलिक

काठमाडौं । भारतीय रियालिटी शो इन्डियन आइडल–११ बाट बलिउड गायक तथा संगीतकार अनु मलिकलाई हटाइएको छ ।

मिटु आरोप लागेका मलिकलाई कार्यक्रमबाट हटाईएको च्यानलले पुष्टि गरेको छ।

अनु मलिकमाथि कैयौँ महिलाहरुले मि टू अभियानअन्तर्गत यौन शोषणको आरोप लगाएका थिए ।

यसअघि पनि अनु मलिकले मि टू अभियानअन्तर्गत उनले यौन शोषणको आरोप लागेपछि शो छोड्नु परेको थियो ।

एक वर्षसम्म कुनै सार्वजनिक टिभी कार्यक्रममा नदेखिएका अनु यस वर्षको इन्डियन आइडलमा पुनः आएका थिए।

कार्यक्रममा जज बनेर आएका अनुमाथि सोनासहित नेहा भासिन र स्वेता पण्डितले उनीविरूद्ध आवाज उठाएका थिए। उनीहरूले सार्वजनिक रूपमै सामाजिक सञ्जालहरूमा ‘यौनदुर्व्यवहार आरोपीलाई कसरी च्यानलले जजका रूपमा कार्यक्रममा देखाउन सक्छ, अरू गायिकाले कसरी सहेर बसेका छन्’ लगायत प्रश्न उठाएका थिए।

अनु मलिकलाई आरोप लागेपछि सोनी टेलिभिजनलाई राष्ट्रिय महिला आयोगले स्पष्टीकरण दिन पत्र पठाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here