चन्द्रगढी विमानस्थल खुल्यो, उडान सूचारु

काठमाडौं, ७ मंसिर । नियमित मर्मतका लागि २६ मंसिरबाट बन्द भएको झापास्थित चन्द्रगढी विमानस्थल सूचारु भएको छ । शुक्रबारबाट विमानस्थल नियमित संचालनमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यो विमानस्थल बन्द भएपछि चन्द्रगढीमा हुने सबै प्रकारका उडान, अवतरण विराटनगर सारिएको थियो । जसले गर्दा पूर्वी नेपाल र त्यहाँ हुँदै भारततर्फ जाने यात्रु मर्कामा परेका थिए ।

धावनमार्गमा नियमित मर्मतको काम गर्नु पर्ने भएकाले बन्द भएको विमानस्थल शुक्रबारबाट नियमित संचलनमा आएको उल्लेख गरेको छ ।

नेपालका आन्तरिक विमानस्थलमध्ये यो पनि व्यस्त विमानस्थल हो । यहाँ ठूला जहाजबाट दैनिक ९ वटा उडान हुने गरेका छन् । नेपाल एयरलाइन्ससति, श्री एयरलाइन्स, बुद्ध, यति र सौर्यले यहाँ उडान राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here