टुटल र पठाओका चालकमाथि कारबाही सुरु

काठमाडौं,८ मंसिर । ट्राफिक प्रहरीले टुटल र पठाओका चालकलाई कारबाही थालेको छ । प्रायोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा आइतबार बिहान पठाओका चालक कारबाहीमा परेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकल विकास तामाङलाई कारबाही गरेको हो । भाडामा यात्रु ओसारेको आरोपमा उनलाई चिट काटेको छ ।

जरिवानाको चिटमा प्रयोजनविपरीत सवारी चलाएको उल्लेख गरिएको छ । सिन्धुपाल्चोकका तामाङले विगत ४ महिनादेखि पठाओमा काम गरिरहेका थिए ।

४ मंसिरमा यातायात व्यवस्था विभागले सूचना जारी गर्दै निजी सवारीसाधनलाई सार्वजनिक सवारीसाधनको रुपमा प्रयोग नगर्न निर्देशन दिएको थियो ।

यसअघि पनि र्दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराई भाडामा यात्रु बोक्दै आएको टुटल र पठाओले गैरकानूनी काम गरेको भन्दै विवाद आएको थियो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ मा निजी प्रयोगको लागि दर्ताको प्रमाण पत्र प्राप्त सवारीलाई निजी सवारी भनिने व्यवस्था छ ।

त्यस्तै उक्त दफाको उपदफा २ मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ भनी स्पष्ट उल्लेख गरिएको छ ।

व्यवस्था ऐन २०४९ को दफा १२ मा कुनै एक कामको लागि दर्ता भएको सवारीसाधन अन्य कामको लागि प्रयोग गर्न नपाईने व्यवस्था छ । दुईपाग्रे सवारी साधनमा भाडाका यात्रु बोक्ने पठाओ र टुटल नेपाल जस्ता मध्यस्थकर्ता कम्पनीहरू नेपालमा कानूनतः अवैध रहेको देखिन्छ ।

उक्त ऐनमा टेकेर विभागले निजी सवारीसाधनलाई यात्रु चढाएर भाडा असुल्ने कार्य नगर्न निर्देशन समेत दिएको छ ।

निजी सवारी भाडामा प्रयोग नगर्न निर्देशन,निशानामा टुटल-पठाओ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here