दाङ र सल्यानमा आइएमई लाइफको शाखा

काठमाडौं ११, चैत । आइएमई लाइफ इन्स्योरेन्सले दाङको घोराहीमा शाखा स्थापना गरेको छ । शनिबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन । अध्यक्ष ढकालले करिव वीस बर्षअघि देखि नै आइएमई ग्रुपका विभिन्न सेवाहरू विशेष प्राथमिकताका साथ दाङमा स्थापना गरिँदै आएको बताए ।

यस्तै, आइतबार सल्यान जिल्लाको शारदा नगरपालिका १, श्रीनगरमा पनि आइएमई लाइफको शाखा खुलेको छ । सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केशबहादुर विष्ट र आइएमई ग्रुपका अध्यक्ष ढकालले संयूक्त उक्त कार्यालयको उदघाटन गरेका हुन ।

विष्टले जिल्लामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आगमनले स्थानीय बासिन्दामा जीवन बीमाको पहुँच र यस प्रतिको भरोसा अभिवृद्धिमा टेवा पुग्ने बताए । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले हाल ६७ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले विभिन्न १० वटा योजना बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजीवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजना ल्याएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here