प्रधानमन्त्री ओली अस्पताल भर्ना,अपरेसनको तयारी

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । मिर्गौला रोगबाट पीडित ओली मंगलबार त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) मा भर्ना भएका हुन् ।

नियमित स्वास्थ्य जाँचका सिलसिलामा मंगलबार बिहानै अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार एपेन्डिसाइटिस भएपछि अस्पतालले अपरेसनको तयारी गरेको छ ।
अघि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा चारपटक मिर्गौलाको डायलासिस गराएका थिए।

के हो एपेन्डिस ?

यो पेटको दाँयातिर तल्लो भागमा हुन्छ । एपेन्डिसको काम के हो भन्ने निश्चित छैन । कतिपय अनुसन्धानमा पनि यो शरिरमा काम नलाग्ने अंग भएको र मानव विकासका क्रममा आफैं हराएर जाने बताएका छन् ।

कतिपयले एपेन्डिस राम्रा जीवाणुको ‘स्टोर हाउस’ भएको र यसले मान्छेलाई झाडापखाला भएपछि पाचन प्रणालीलाई दुरूस्त पार्न सहयोग गर्ने बताएका छन् । एपेन्डिस फुट्यो वा संक्रमणमा भयो भने सहन नसक्ने गरी पेट दुख्छ । त्यसपछि डाक्टरहरूले शल्कक्रिया गरेर एपेन्डिसलाई काटेर फालिदिन्छन् । यो सामान्य शल्यक्रियामात्र हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here