अर्घाखाँचीमा बस दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं,११ मंसिर । अर्घाखाँचीको सन्धिखकबाट बुटवल आउँदै गरेको बस दुर्घटना भएको छ ।

बुधबार दिउँसो करिब २ बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल आउँदै गर्दा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा दुर्घटनामा परेको हो।

अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको विवरण आएको पुष्टि प्रहरीले गरेको छ । बस सडकबाट करिब तीन सय मिटर तल खसेकोले उद्धार कठिनाइ भइरहको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here