दोधारा चाँदनीमा सशस्त्र प्रहरीको पोष्ट थपिदै

पप्पु गुरुङ्ग, दोधारा,१२ मंसिर । माहाकालीको दुई स्थानमा सशस्त्र प्रहरी बल (एपीएफ) को ‘बोर्डर अब्जर्भर पोष्ट’ (बिओपी) राख्ने भएको छ ।

माहाकाली नगरपालिकाको वडा नं. १ र वडा नं. ८ को नेपाल–भारत सीमाक्षेत्र नजिक सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट स्थापना गर्ने तयारी भईरहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले जनाएको छ ।

सीमा सुरक्षाको लागी अबका दिनहरुमा माहाकाली नगरपालिका क्षेत्रमा ३ वटा सशस्त्र प्रहरी बल (एपीएफ) को बोर्डर अब्जर्भर पोस्ट (बीओपी) हुने भएको छ । अहिले दोधारा चाँदनी नगरपालिका वडा नं. ३ मा रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टमा ३६ जना सुरक्षाकर्मी रहेका छन् ।

थप २ वटा सशस्त्र प्रहरीको पोष्ट स्थापना भएपछि दोधारा चाँदनी नगर क्षेत्रमा सिमा सुरक्षार्थको लागी ३ वटा पोष्टमा करिब १ सय ८ भन्दा बढी सुरक्षाकर्मी रहने छन् । सरकारको निती अनुसार पोष्ट स्थापना गर्नु पर्ने भएको हुँदा सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्टले माहाकाली नगर क्षेत्रमा जग्गाको लागी माहाकाली नगरपालिकाका जनप्रतिनिधी संग पहल थालेको हो ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीको पहलमा माहाकाली नगरपालिका नगर कार्यपालिकाको बैठकले सशस्त्र प्रहरीको थप २ पोष्ट स्थापनाको लागी जग्गा दिने निर्णय गरेको बताए ।

माहाकाली नगरपालिकाको खुला सीमा सुरक्षा गर्न सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा ३६ जना रहने गरी १ वटा बिओपी रहेको छ । माहाकाली नगरपालिका कार्यपालिकाको बैठकले सशस्त्र प्रहरी बल (एपीएफ) को बोर्डर अब्जर्भर पोस्ट (बीओपी) स्थापना गर्न माहाकाली नगरपालिकाको वडा नं. १ गौरी शंकर सामुदायिक बनको हाता भित्र १० कट्टा जग्गा र माहाकाली नगरपालिका वडा नं. ८ सुन्दरनगर क्षेत्रमा ५ कट्टा जग्गा उपलब्ध गराउने निर्णय गरिएको माहाकाली नगरपालिका कार्यालयले जनाएको छ् ।

‘यस नगरपालिका क्षेत्र हाल रहेको सशस्त्र प्रहरी युनिटको तुलनामा बढी भएको र सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरी बललाई दिईने नेपाल सरकारको केन्द्रिय निती अनुसार सिमा सुरक्षाका साथै सिमा स्तम्भहरुको सुरक्षाका लागी माहाकाली नगरपालिकाको वडा नं. १ गौरी शंकर सामुदायिक बनको हाता भित्र १० कट्टा जग्गा र माहाकाली नगरपालिका वडा नं. ८ सुन्दरनगर क्षेत्रमा ५ कट्टा जग्गा सशस्त्र प्रहरी बल पोष्ट निमार्ण गर्न आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरियो’ माहाकाली नगरपालिका नगर कार्यपालिकाको बैठकमा भनिएको छ् ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले मातृभूमि रक्षाका लागी सशस्त्र प्रहरीको भौतिक संरचना निर्माण कार्यमा समेत स्थानीय सरकारले सघाउने बताए । माहाकाली नगरपालिका खुला सीमा क्षेत्र रहेको हुदा नगर क्षेत्रको शान्ती सुरक्षा कायम राख्न सिमा सुरक्षा बललाई जनशक्ती थपेर बलियो बनाउन आवश्यक रहेको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् ।

‘बिओपीले सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलापरोकथामका साथै सीमा सुरक्षा गर्ने छ्’ माहाकाली नगरपालिका नगर प्रमुख बिर बहादुर सुनारले भने । सशस्त्र प्रहरीलाई जनताको साथ सर्मथन आवश्यक रहेको र सशस्त्र प्रहरीको कारण आमजनतामा सुरक्षाको अनुभूति भएको स्थानियहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here