सागमा नेपाल प्रहरीको तर्फबाट ९२ जना छनौट

काठमाडौं, १२ मंसिर । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद(साग) प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट विभिन्न खेलमा ४४ जना महिला र ४८ जना पुरुष गरी ९२ जना खेलाडी तथा प्रशिक्षकहरु छनौट भएका छन् ।

प्रतियोगितामा पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, महिला भलिबल, एथलेटिक्स, भारोत्तोलन, बक्सिङ, सुटिङ, जुडो, कराँते, तेक्वान्दो, ब्याडमिन्टन, टेवलटेनिस, उसु, क्रिकेट, महिला कबड्डी, आर्चरी, कुश्ती र महिला बास्केटबल गरी १९ खेलमा नेपाल प्रहरीले सहभागिता जनाउने भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here