प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ मंसिर । शुक्रवार छापालवाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

विहिवार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा शुक्रवार ३०० रुपैयाँले बढ्दै प्रतितोला ७१ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि शुक्रवार प्रतितोला ३०० रुपैयाँ बढेको छ ।

विहिवार प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा शुक्रवार प्रतितोला ३०० रुपैयाँ बढ्दै ७१ हजार रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ।

शुक्रवार चाँदीको मूल्य पनि बढ्यो ।

विहिवार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार ५ रुपैयाँले बढ्दै प्रतितोला ८ सय ५५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here