एम्बुलेन्स र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु

विराटनगर, १५ मंसिर । एम्बुलेन्स र ट्रक ठोक्किँदा एकै परिवारका ५ जनासहित ७ जनाको ज्यान गएको छ । विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक गएराति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो ।

विराटनगरको गोल्डेन अस्पतालमा शनिबार राति उपचारको क्रममा उदयपुर त्रियुगा नगरपालिका वडा ९ की शिवमाया राईको ज्यान गएपछि शव लिएर घर फर्कँदै गरेको एम्बुलेन्स र ट्रक ठोक्किँएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा वर्ष ३४ को दुर्गाधन राई, २८ का टेकेन्द्र राई, ५० को तुलबहादुर राई, वर्ष ३१ को दिनेश राई र वर्ष ३५ मुकेश राई र शिवमाया राई छन् । त्यस्तै, एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here