विश्व एड्स डेः एच.आई.भी संक्रमितको संख्या घट्दो क्रममा

काठमाडौं, १५ मंसिर । विश्व एड्स डे विश्वभर विभिन्न प्रकारका कार्यक्रम गरी मनाईएको छ ।

यसै क्रममा नेपालमा पनि विभिन्न प्रकारका कार्यक्रमहरु गरी विश्व एड्स डे मनाईदै छ ।

नेपालमा करिब ३० हजार मानिसहरु एच.आइ.भी संक्रमति भएको तथ्यांक सार्वजनिक भयो ।

विश्व एड्स दिवसको पुर्व सन्ध्यामा शनिवार काठमाडौंको टेकु स्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा भएको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनले नेपालमा २९ हजार ९ सय ४४ मानिसहरुमा एच.आइ.भी भएको अनुमान गरिएको बताए ।

‘नेपालमा एच.आइ.भी संक्रमितको संख्या झण्डै ३० हजार रहेको अनुमान गरिएको छ ।’ उनले भने ‘र यो संख्या निरन्तर घट्दो क्रममा छ ।’

एच.आइ.भी संक्रमितको संख्या घट्दो क्रममा

नेपाल सरकामरले एच.आइ.भी. नियन्त्रणको लागि अभियान सुरु गरेसंगै र यस सम्बन्धमा विभिन्न संघ संस्थाहरुले सहयोग गरेपछि नेपालमा एच.आइ.भी. संक्रमितको संख्या घट्न थालेको निर्देशक भट्टचन्दले बताए ।

‘सरकार र संस्थाहरुले सहयोग गरेपछि संक्रमितको संख्यामा कमी आउन थालेको छ’ उनले भने ‘हाम्रो लक्ष्य भनेको ९० प्रतिशत भन्दा कम संख्यामा झार्ने हो र हामी सन् २०३० सम्ममा यो लक्ष्य पुरा गछौं ।’

नियन्त्रण केन्द्रको तथ्यांक अनुसार वार्षिक ४ हजार भन्दा धेरै मानिसहरुमा नयाँ संक्रमण घट्दो क्रममा छ ।
सन् २०१५ मा ४८ हजार भन्दा धेरै मानिसहरुमा यो संक्रमण देखिएकोमा सन् २०१६ मा ३५ हजार, २०१७ मा ३१ हजार र २०१८ मा २७ हजार मानिसमा मात्रै नयाँ संक्रमण देखिएको छ ।

हरेक वर्ष डिसेम्बर १ तारिखलाई विश्व एड्स दिवसको रुपमा मनाईन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here