१३ औं साग: मण्डयकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण

काठमाडौं, १६ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष एकल काँतामा नेपालले पहिलो स्वर्ण जितेको छ ।

सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा सोमबार बिहान भएको फाइनलमा पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै कराँतेका मण्डयकाजी श्रेष्ठले एकल कातामा स्वर्ण जितेका हुन् ।

त्यसअघि सेमिफाइनलमा मण्डयले बंगलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाएका थिए । मण्डयले २४ तथा बंगलादेशका खेलाडीले २२.८ अंक जोडे । श्रीलंकाका सोन्थारारासा बालुराज पाकिस्तानका नियामतुल्लाहसँग पराजित हुँदै कास्यमा सिमित भए ।

यससँगै मण्डयले दुई दशकपछि नेपाललाई काँतामा स्वर्ण दिलाउन सफल भएका छन् । नेपालमै भएको आठौं सागमा गंगाराम महर्जनले काँतामा नेपाललाई स्वर्ण दिलाएका थिए । त्यसयता काँतामा नेपाल स्वर्णविहीन हुदै आएको थियो ।

यसअघि महिला एकल कातामा भने नेपालकी चञ्चला दनुवारले रजत पदक जितिन् । उनी फाइनलमा पाकिस्तानकी साहिदासँग पछि परिन् । योसँगै नेपालले एक स्वर्ण र १ रजत बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here