‘बालोन डी ओर- २०१९:’ नयाँ अनुहारले जित्ला ? कसको सम्भावना कति

काठमाडौं, १६ मंसिर । विश्वकै सबैभन्दा प्रतिष्ठित अवार्ड मानिने बालोन डी ओर आज राति सार्वजनिक हुँदैछ । फ्रान्सको पेरिसमा एक विशेष कार्यक्रमको बिच अवार्ड घोषणा हुँदै छ ।
नेपाली समय अनुसार मंगलवार विहान १ः३० बजेबाट अवार्ड घोषणा कार्यक्रम सुरु हुनेछ । कार्यक्रममा विश्वका चर्चिच फुटवल हस्तीहरुको सहभागिता रहने छ ।
राष्ट्रिय तथा क्लब स्तरीय दुवै खेलमा उत्कृष्ट प्रर्दशन गर्ने एक खेलाडीलाई प्रदान गरिने यो अवार्डको लागि बार्सीलोना तथा अर्जेन्टीनाका स्ट्राइकर लियोनल मेस्सी, जुभेन्टस् तथा पोर्चुगलका स्ट्राइकर क्रिस्ट्रीयानो रानाल्डो साथै लिभरपुल तथा नेदरल्याण्डक डिफेन्डर भर्जिल भान डाईक कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
मेस्सी र रोनाल्डो यस अवार्डको लागि चिर परिचीत नाम हुन् । समान ५—५ पटक यो अवार्ड विजेता मेस्सी र रोनाल्डो छैटौं पटक अवार्ड जित्ने आशामा छन् ।
तर, अघिल्लो सिजन उत्कृष्ट प्रर्दशन गर्दै लिभरपुललाई च्याम्पियन्स लिग जिताउने महत्वपुर्ण योगदान दिएका भान डाइकलाई मेस्सी र रोनाल्डोको बिकल्पको रुपमा हेरीएको छ ।
यसै अनुसार यो पटकको बालोन डी ओरको उपाधी पनि नयाँ अनुहारले नै जित्ने त होईन् ? भन्ने अनुमान पनि गरिएको छ ।

कसको सम्भावना कति ?

लियोनल मेस्सी

बालोन डी ओर २०१९ को लागि मेस्सीलाई प्रमुख दावेदारको रुपमा हेरीएको छ । ला लीगा विजेता तथा बार्सीलोलाई च्याम्पियन लीगको सेमीफाईनसम्म पुर्याउन महत्वपुर्ण भुमिका खेलेका लियोनल मेस्सी बालोन डी ओर २०१९ को मुख्य दाबेदारको रुपमा रहेका छन् ।

यो भन्दा अघि ५ पटक बालोन डी ओर जीतेका मेस्सीले यसपटक पनि बालोन डी ओरको उपाधी जित्ने अनुमान गरिएको छ ।
मेस्सीले यो भन्दा अघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा बालोन डी ओर जितीसकेका छन् । मेस्सी ला लीगा वर्ष खेलाडी घोषणा पनि भएका थिए ।

क्रिस्ट्रीयानो रानाल्डो

जुभेन्टस्बाट व्यवसायीक फुटवल खेल्ने स्ट्राइकर क्रिस्ट्रीयानो रानाल्डोलाई पनि बालोन डी ओर २०१९ को मुख्य दाबेदारको रुपमा हेरीएको छ ।
जुभेन्टस्लाई सिरी ए जीताउन मुख्य भुमिका खेलेका रोानाल्डो राष्ट्रिय टिमको लागि यूईएफए नेसन्स कप पनि जिताएका थिए । त्यसकारण पनि उनलाई मुख्य दाबेदारको रुपमा हेरीएको छ ।

रोनाल्डोले पनि यो भन्दा अघि ५ पटक बालोन डी आर को उपाधी जितेका छन् । उनले सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा बालोन डी ओर जीतेका थिए ।

भर्जिल भान डाईक

लिभरपुलबाट व्यवसायीक फुटवल खेल्दै आएका डिफेन्डर भान डाईकलाई पनि बालोन डी ओर दाबेदारको रुपमा हेरीएको छ ।
लिभरपुललाई अघिल्लो सिजन च्याम्पियन लिग जिताउन महत्वपुर्ण योगदान पुर्याएका भान डाईक बालोन डी ओर मा नयाँ अनुहार हुन् । उनले हालसम्म बालोन डी ओर उपाधी जितेका छैनन् ।
अघिल्लो सिजन पनि नयाँ अनुहारले नै उपाधी जितेको कारण यसपटक पनि त्यस्तै हुने त होइन् भन्ने विषयमा चर्चा भएको पाईन्छ ।
अघिल्लो सिजन मेस्सी तथा रोनाल्डो दुवैलाई पछि पार्दै रियल मेड्रिड तथा क्रोयशियाका लुका मोड्रिचले बालोन डी ओरको उपाधी जितेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here