काठमाडौंमा युरो फोर स्ट्याण्डर्डका ब्रुमर, दैनिक १० किमि सफाइ

काठमाडौं, १२ चैत । काठमाडौं महानगरपालिकाले युरो फोर स्ट्याण्डर्डका पाँच ब्रुमर भित्राएको छ । इटाटीमा बनेका ती ब्रुमर गत साता यहाँ आइपुगेका हुन् ।

महानगरपालिकाले ती ब्रुमरको प्रयोग पहिलो पटक रत्नपार्कमा प्रयोग गर्दैछ भने अहिलेका लागि ती मेशिनको प्रयोगका लागि पाँच ओटा रुट प्रस्ताव गरिएको छ ।

ती ब्रुमर सफाइका लागि रिङ रोड भित्रै प्रयोग गरिने छ । कलंकी, कालीमाटी, टेकु, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर, वानेश्वर, पुतलीसडक, दरबारमार्ग, मैतीदेवी, वसन्तपुरलगायत क्षेत्रको सफाइमा नयाँ ब्रुमरको प्रयोग गरिने भएको छ ।

ब्रुमरमा पानी र धुलो गरी दुई ट्यांकी छन् जसमा एउटाले घुलो भण्डार गर्छ भने एउटामा पानी हुन्छ जुन घुलो टिपेपछि छर्किन प्रयोग गरिन्छ ।

रिङ रोड बाहिरको सफाइका लागि तत्काल मेशिनको प्रयोग गरिने छैन ।

हालसम्म सडक विभागसँग दुई ब्रुमर थिए जसले आवश्यक परेका बेला महानगरपालिकासँग समन्वय गरी सडक सफा गर्छन । अब नयाँ मेशिन थपिएपछि महानगरले दैनिक १० किलोमिटर सडकको धुलो बढार्न र संकलन गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here