बागलुङमा जिप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं,१७ मंसिर । बागलुङमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

गुल्मीको इस्मा गाउँपालिका ४ दोहली पैयाँपाटाबाट कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गरेको गरेको ग १ ज ५२१९ नम्बरको जिप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको हो ।

जिप बडीगाड गाउँपालिका- ७ भीमगिठेस्थित सडकबाट खोलामा खस्दा ९ महिला, ४ पुरूष र एक बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

उनले तीनजना घाइतेको उद्धार गरिएको र एकजना बेपत्ता रहेको बताए । जिपमा १८ जना यात्रु रहेको बुझिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here