तेह्रौ सागः नेपालको स्वर्ण संख्या १९ पुग्यो, कुनमा कति ?

काठमाडौं, १७ मंसिर । तेह्रौ‌ं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण संख्या १९ पुगेको छ ।

सोमवार कुल १५ स्वर्ण जितेको नेपालले मंगलवार पुन ४ स्वर्ण थप्दै स्वर्ण संख्या १९ पुर्यायको हो ।

नेपालले सोमबार कराते र तेक्वान्दो तर्फ समान ७/७ र ट्रायलथनमा १ गरि १५ स्वर्ण जितेको थियो।

त्यस्तै नेपालले मंगलबार उसु तर्फ २ स्वर्ण थपेको छ। महिलातर्फ सुस्मिता तामाङ र पुरुषतर्फ विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन्।

त्यस्तै नेपालले मंगलबार कराँ‍तेमा पनि स्वर्ण थपेको छ । ६७ केजी तौल समुहको कराँतेमा नबिन रसाइली स्वर्ण जितेका हुन्।

उता पोखरामा पनि दुआथलनमा हिमाल टमाटाले स्वर्ण जिते ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here