आफुखुसी शाकाहारी डाइटप्लान बनाउने युवतीहरुलाई हुनसक्छ कुपोषण !

आकर्षक शरीर बनाउने होडमा इन्स्टाग्रामका सेलीब्रेटीहरुको सिको गर्दै आफूखुसी कडा डाइटप्लान बनाउने युवतीहरुमा कुपोषणको जोखिम बढ्दै गएको पोषणविद्हरुले बताएका छन् ।

हालसालै इन्स्टाग्राममा लोकप्रिय एक शाकाहारी भ्लगरले आफ्नै डाइट प्लान अपनाउँदा गम्भिर बिरामी भएको खुलासा गरेपछि पोषणविद्हरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

रवाना नामले इन्टाग्राम र युट्युवमा चर्चित अमेरिकी युवती योभाना मेन्डोजा आइरेसले आफूखुसी बनाएको काँचो फलफुल र सलादमात्रैको शाकाहारी डाइटप्लान २५ दिन अपनाएपछि नराम्ररी बिरामी भएको बताएकी थिइन् । युट्युव र इन्स्टाग्राममा उनका दशलाख भन्दा धेरै फलोअर्स छन् ।

उक्त डाइटको कारण उनको महिनावारी चक्रमा समस्या भयो र चिकित्सकहरुले उनलाई धेरै फ्याट र पकाएको खानेकुरा खान सल्लाह दिए । ‘मलाई रक्तअल्पता भएको थियो र मेरो थाइराइड लेभल पनि धेरै कम थियो’ उनले भनिन् ।

पोषणविद् रिहानन लम्बर्टका अनुसार उनीकहाँ इन्स्टाग्राम सेलीब्रेटीका सल्लाह अनुसारको खानपान अपनाउने धेरै यस्ता गम्भिर बिरामीहरु आँउछन् ।

आजभोली धेरै युवतीहरुमा तौल घटाउनको लागि जुनसुकै हदसम्म पनि डाइटिङ गर्ने तर त्यसको साइडइफेक्टको बारेमा ख्याल नगर्ने ट्रेन्ड बढ्दै गएको छ ।

तौल घटाउने र आकर्षक फिगर बनाउने चक्करमा इन्स्टाग्राम वा युट्युव हेरेर आफूखुसी कमक्यालोरी युक्त भोजन गर्ने धेरै युवतीहरु यसको चपेटामा पर्न सक्छन् । विशेषगरी खानेकुरा शाकाहारी र काँचो छ भने जोखिम झनै बढ्न सक्छ ।

अर्की पोषणविद् पिक्सी टर्नर भन्छिन्, ‘यस्ता सामाजिक सञ्जालका सेलीब्रेटीहरु जोसँग पोषणको शैक्षिक ज्ञान छैन उनीहरुलाई पोषण र खानेकुराको बारमो अनलाइनमा सल्लाह दिने कुनै अधिकार छैन ।’

उनीहरुले आफ्नो रोजाइ सेयर गर्न मिल्ने तर उनीहरु त्यो सल्लाह होइन भन्नेमा प्रष्ट हुनुपर्ने टर्नरको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here