फुटवलमा नेपालको विजयी सुरुवात, भुटानको पोष्टमा गोलको वर्षा

काठमाडौं, १७ मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्रगत फुटवलमा नेपालले विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशाला त्रिपुरेश्वरमा भएको प्रतियोगितामा नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

खेलको चौथो र पचासौं मिनेटमा टिम क्याप्टेन सुजल श्रेष्ठले २ गोल गरे ।

त्यस्तै, खेलको ६५ औं मिनेटमा अभिषेक रिजालले गोल गर्र्दै नेपालको अग्रता तेब्बर बनाए । र खेलको ७७ औं मिनेटमा मिक्चेन राईले उत्कृष्ट फ्रि किकबाट गोल गरेपछि नेपालले भुटानमाथि ४-० को सनसनीपुर्ण नतिजा निकालेको हो । नेपालले बुधवार साँझ ५ बजे आफ्नो दोस्रो खेल श्रीलंका विरुद्ध खेल्दै छ ।

फोटो: Routine of Nepal banda

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here