सक्षम कार्कीले दिलाए तेक्वान्दोमा स्वर्ण,नेपालको स्वर्ण संख्या २९

काठमाडौं, १८ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अर्को स्वर्ण पदक जितेको छ। तेक्वान्दो खेलाडी सक्षम कार्कीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् । योसँगै नेपालको स्वर्णसंख्या २९ पुगेको छ। बुधबार नेपालले साइक्लिङ र तेक्वान्दोबाट २-२ स्वर्ण जित्दा कराते र उसुबाट १-१ जितेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here