बिहीबारदेखि आठौं अन्तरराष्ट्रिय व्यापार मेला, १ करोड बढीको ब्यापार गर्ने लक्ष्य

काठमाडौं, १२ चैत । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा चैत १४ गतेबाट १८ गतेसम्म आठौं अन्तरराष्ट्रिय व्यापार मेला हुने भएको छ ।

मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गरी महासंघले मेलाको सम्पूर्ण तयारी सकिएको जानकारी दिएको छ । भृकुटीमण्डममा हुने मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राट्रिय व्यवसायिक सम्बन्ध बिस्तारमा एक महत्वपुर्ण कडीका रुपमा हेरिएको बताइन् ।

पाँच दिने मेलामा नेपाल लगाएत विभिन्न देशका २ सय २५ वटा भन्दा बढी स्टलहरु राखिने छन् । जसमा चीनको ९०, भारतको १०, बङ्गलादेशको ४० वटा र बाँकि नेपाली उत्पादनका स्टलहरु रहने महासंघले जनाएको छ ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु रहने छन् ।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा लगानिवारे छलफल समेत हुने छ ।

मेलामा स्वदेशी र विदेशी गरी करिव १ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने विश्वास रहेको महासंघले जनाएको छ । मेलामा १ करोड ५ लाख रुपैंया भन्दा बढीको कारोबार गरिने लक्ष्य महासंघले लिएको छ ।

अघिल्लो वर्षको व्यापार मेलामा १ लाखभन्दा बढी स्वदेशी एवं विदेशी आगन्तुकहरु आएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here