सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २० मंसिर । केहि दिन देखि बढेको सुनको मूल्य शुक्रवार घटेको छ ।

विहिवार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा शक्रवार ३०० रुपैयाँ घट्दै छापावाल सुनको मूल्य ७१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रवार तेजावी सुनको मूल्य पनि प्रतितोला ३ सय रुपैयाँले घट्यो ।

अघिल्लो दिन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा शुक्रवार ३०० रुपैयाँ घट्दै प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा झरेको महासंघले बताएको छ ।

शुक्रवार चाँदीको मूल्य भने परिवर्तन भएको छैन् ।

शुक्रवार चाँदीको मूल्य ८ सय ५० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here