मुखबाट सास लिने बानी बच्चाको लागि खतरनाक !

काठमाडौं । शरिरमा श्वासप्रश्वासको माध्यमबाट प्रशस्त मात्रामा अक्सिजन मिल्दछ । जुन सजिब प्राणी जिवित रहनको लागी अति आवश्यक छ ।

हामी श्वासप्रश्वासको माध्यमबाट कार्वनडाईअक्साइड फाल्ने र अक्सिजन लिने गर्दछौ । अधिकाशं मानिसहरुको सास लिने काम नामबाट हुन्छ । तर प्रकृतिको विशेष परिस्थितीमा अक्सिजनको कमी भएमा नाक र मुख दुवैबाट श्वासप्रश्वास हुन्छ ।

यदि हामीलाई रुघाखोकी लागेर नाक बन्द भएको बेलामा मुखबाट सास लिन्छौँ । तर कसैको मुखबाट मात्र सास लिने बानी छ भने बेफाइदा पनि हुनसक्छ । खासगरी बच्चाको लागी मुखबाट सास लिनु खतरनाक हुन्छ

सास लिने मुख्य काम नाक को नै हो । तर, हामी मुखबाट पनि स्वासप्रश्वास गर्न सक्छौं । सामान्य अवस्थामा हामी दुवै अंगबाट स्पासप्रश्वास गर्न सक्छौं ।

प्राय रुघा लागेको अवस्थामा वा कुनै कारणबस नाकमा समस्या भएको अवस्थामा हामी मुखबाट स्वास लिन्छौं । तर, सामान्य अवस्थामा पनि हामी मुखबाट नै स्वासप्रश्वास गर्ने गरेमा हामीमा समस्या देखा पर्छ, खासगरी यसबाट बच्चाहरु धेरै प्रभावित हुने गर्छन् ।

यस्ता समस्या हुन्छन्

मुखमा सुख्खापनको समस्या

यदी बच्चाले नाकको सट्टा मुखबाट स्वासप्रश्वास गरेमा मुख सुख्खा हुने समस्या हुन्छ । बच्चाहरुले मुखबाट स्वास फेर्दा मुखबाट हावासंगै मुखको नरमपन पनि बाहिर जान्छ ।

मुखलाई विभिन्न प्रकारका संक्रमणहरुबाट बचाईराख्नको लागि हाम्रो मुख नरम हुन आवश्यक हन्छ । हाम्रो मुख सुख्खा हुँदा दाँतमा किरा लाग्नुका साथै अन्य समस्या पनि हुन्छ ।

मुख र दाँतको आकार बिग्रन सक्छ

मुखबाट स्वास लिने बानीको कारण मुख र दाँतको आकारमा पनि परिवर्तन हुनसक्छ । यस्तो अवस्थामा मुखको आकार पातलो वा चेप्टो अुन सक्छ । यसका साथै दाँतको आकार पनि बिग्रने खतरा हुन्छ ।

उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या

मुखबाट स्वास लिने बानीको कारण गम्भीर प्रकृतिका रोगहरु पनि लाग्न सक्छन् । अनुसन्धना भन्छ कि मुखबाट स्वासप्रश्वास गर्दा प्रयाप्त मात्रामा अक्सीजन हाम्रो शरीरका धमनीहरुमा पुग्दैन् । जसको कारण उच्च रक्तचाप तथा मुटु सम्बन्धी समस्याहरु हुने गर्छ । यसका साथै बच्चाहरुमा अनिन्द्रा हुने समस्या पनि देखिन्छ ।

राम्रोसंग निन्द्रा आउँदैन् नलाग्नु

जो मानिसहरु मुखबाट स्वास लिन्छन् उनीहरुलाई राम्रोसंग निन्द्रा लाग्दैन् । जसको कारण हामी सुतेपनि हाम्रो शरीरले थकाईको अनुभव गरिरहेको हुन्छ । यसकारण मुख खोलेर स्वास फेर्ने बच्चाहरुको मानसिक र शारीरिक स्वास्थ्य सामान्य बच्चाहरुको तुलनामा प्रभावित भएको हुन्छ ।

शरीरमा अक्सिजन कमी

मुखबाट लिईएको स्वास फोक्सोमा राम्रोसंग पुग्दैन् । जसको कारण हाम्रो शरीरमा प्रयाप्त मात्रामा अक्सिजन पुग्न सक्दैन् । फलस्वरुप हाम्रा धमनी र रक्तकोशीकाहरु प्रभावित हुन्छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here