शनिवार काठमाडौंका यी रुटमा गाडी चलाउन आग्रह

काठमाडौं, २० मंसिर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ ।

१३औँ सागमा म्याराथन शनिबार बिहान सात बजेदेखि सुरु हुँदै छ। दशरथ रंगशालाबाट सुरु हुने उक्त खेल टेकु, कालिमाटी।बल्खु, एकान्तकुना, कोटेश्वर, भक्तपुरको सूर्यविनायकसम्म पुग्‍ने ट्राफिक महाशाखाले जनाएको छ।

यस्तै ,पुन उक्त रुट हुँदै कोटेश्वर, बानेश्वर, माइतीघर, भद्रकाली,वीर अस्पताल, जमल, लैनचौर, दरबारको उत्तरी ढोका,नागपोखरी, जय नेपाल, संग्रालयको दक्षिणी गेट, घण्टाघर भद्रकाली हुँदै रंगशालासम्म हुने महाशाखाले जनाएको छ।

उक्त दौडको समयमा सडकमा अत्यावश्यक बाहेकका सवारी नचलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको महाशाखाले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here