नेपालसँग माल्दिभ्स ८४ रनले पराजित

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्रगत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले हराएको छ ।

शुक्रवार क्रिर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले हराएको हो ।

यसअघि टस जितेर व्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ६३ रन बनाएको थियो ।

जवाफी व्याटिङमा सबै ओभर खेल्दै माल्दिभ्स ६ विकेटको क्षतिमा ७९ रनमै समेटियो ।

नेपाललाई जित दिलाउने क्रममा सुसन भारी र ललित नारायण राजवंशीले समान २/२ विकेट लिदाँ पवन सराफले एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here