मङ्गोलियालाई एडिबीको १६ करोड डलर सहयोग

काठमाडौं, २० मंसिर । एसियाली विकास बैंक (एडिबी) ले मङ्गोलियामा दुई वटा परियोजना सञ्चालनका लागि करिब १६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

एडिबीले बिहीबार जारी गरेको विज्ञप्तिमा यो ऋणबाट मङ्गोलियामा वायू प्रदुषण रोकथाम गर्ने र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने सरकारको योजनामा मद्दत पुग्नेछ ।

मङ्गोलियाका लागि एडिबीका निर्देशक पावित रामचन्द्रनले राजधानी उलान बटोरको वायूको गुणस्तरमा निकै सुधार भए पनि शहरमा मानिसको स्वास्थ्य समस्या निकै जटिल रहेको बताए ।

एडिबीले मङ्गोलियाका लागि उपलब्ध गराएको यो दोस्रो ऋण सहयोग हो ।

उलान बटोरमा करिब ८ लाखको बसोबास छ । नगरमा खानेपानी, विद्युत र ढल जस्ता आधारभूत सुविधाको निकै कमी छ ।

स्थानीयबासीले पर्याप्त विद्युतको अभावमा कमजोर गुणस्तरको कोइला र मटितेल बाल्ने गर्दछन् जसका कारण घरभित्र र बाहिरको वातावरण निकै प्रदूषित रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here